अनिशाको जिवनरक्षाका लागि क्षत्री समाजको सहयोग

237

अनिशाको जिवनरक्षाका लागि क्षत्री समाजको सहयोग

piii
बुटवल,जेठ ।
खाना खाने नलिमा मासु पलाएर क्यान्सर भएका बुटवलका एक बालक आर्थिक अभावका कारण उपचार गर्न नसक्दा अस्पतालको शैयामा अलपत्र परेका छन् । बाबु आमा दुवै वेपत्ता भएपछि उनललाई उपचार गर्न झनै समस्या परेको छ ।
झण्डै छमहिनादेखि अस्पतालमा रहेका बुटवल १३ देवसिद्धचोकका १२ वर्षिय अनिश क्षत्री अहिले राजधानीको मनमोहन मेमोरियाल अस्पतालमा छन् । वालकको उपचारका लागि चाहिने आर्थिक रकमको बस्दोबस्ती गर्न नसकेपछि वृद्ध हजुर आमा यमकला क्षत्रीले सहयोगको याचना गरेकी छन् ।
यसैक्रममा उपचारमा थोरै भएपनि सहयोग पुर्याउने उदेश्यले क्षत्री समाज वडा समिति १३ ले आइृतबार उनकै घरमा पुगेर केहि रकम प्रदान गरेको छ । समाजका वडा अध्यक्ष राम प्रसाद खनालको नेतृत्वमा पुगेको क्षत्री समाजको टोलीले अनिशकी हजुर आमालाई नगद ११ हजार ३ सय रुपैया प्रदान गरेको हो ।
रकम प्रदान गर्ने क्रममा समाजका महिला जिल्ला उपाध्यक्ष पार्वती खड्का, सल्लाहकार गंगा वहादुर बस्नेत, दुर्गा वहादुर खत्री,गणेशजंग केसी लगायतको सहभागिता रहेको थियो । उनको सहयोगका लागि ग्लोवल आइएमई बैकमा खाता रहेकोले सहयोग गर्नका लागि सबैमा परिवारले आग्रह गरेको छ ।
help