बुटवल,जेठ ।
दावन नदिमा पर्ने बुटवल चम्किपुर सेममलार सडकमा पुलको सिलान्यास गरिएको छ । ३३ महिना भित्र निर्माण सक्नुपर्ने सो पुलको पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले शनिबार सिलान्यास गर्नुभएको हो । पुलको सिलान्यास गर्दै उहाँले पुल निर्माणले त्यस क्षेत्रका जनतालाई बुटवल जोड्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताको कामकालागि आफूलाई जनताले निर्वाचित गरेकाले जनतको काममा आफू सधै प्रतिवद्ध भएर लागेको बताउनु भयो ।
डिभिजन सठक कार्यालय बुटवलले निर्माण गर्ने सो पुल निर्माणकालागि १५ करोड ४३ लाख ८९ हजार रुपैंया लागत लाग्ने अनुमान गरिएको छ भने सो पुल निर्माणकालागि यो वर्ष २० लाख रुपैंया विनियोजन भएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख ईञ्जिनीयर मेघराज मरासिनीले बताउनु भयो । सो पुललाई समयमै निर्माण पुरा गर्नकालागि स्थानीय जनताको सहयोग आवश्यक रहेकाले सहयोग प्राप्त भएमा निर्धारित समयमै पुल निर्माणको काम पुरा हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
एक सय २७ मिटर लम्बाई तथा फुटपाथ समेत गरी ११ मिटर चौडाईमा बनाउन लागिएको सो पुलमा ४० मिटरका ३ वटा स्पान रहने ईञ्जिनीयर निरज शाक्य बताउनु हुन्छ । पुलको सिलान्यास कार्यक्रममा सेमलारका पुर्व गाविस अध्यक्ष हरिध्वज मल्ल, निवर्तमान गाबिस अध्यक्ष प्रेम शर्मा काफ्ले, नेपाली काँग्रेसका प्रेमप्रसाद पौडेल, एमालेका नगेन्द्र आचार्य, नेकपा माओवादी केन्द्रका तिलकबहादुर शाहनी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।