संघीय गठबन्धनले आज पोखरामा विरोध प्रदर्शन गर्दै

459

संघीय गठबन्धनले आज पोखरामा विरोध प्रदर्शन गर्दै

width="794"जेठ, काठमाडौ
संविधानमा असन्तुष्टि राख्दै आन्दोलनमा रहेको मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनले आज पोखरामा विरोध प्रदर्शन गर्दै छ ।

राजधानी केन्द्रित आन्दोलन सकेको गठबन्धनले हिजो वीरगन्जमा विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले आज पोखरामा आयोजना गर्न लागको बिरोध प्रदर्शनमा गठबन्धनका शीर्ष नेताहरु उपस्थित हुने जनाइएको छ ।

लामो समय तराई केन्द्रित आन्दोलन गरेका मधेस केन्द्रित दल आवद्ध मोर्चाले दोस्रो चरणमा राजधानी केन्द्रित आन्दोलन गरेको थियो । जसअन्तर्गत सिंहदरबार र बालुवाटार घेराउ गरेको थियो ।

गठबन्धनले आफ्ना मागबारे सरकार गम्भिर नरहेको आरोप लगाएको छ । सरकारले भने मोर्चालाई वार्तामा बस्न आग्रह गर्दै आहृवान गरेको छ । गठबन्धनले मोर्चालाई नभइ गठबन्धनको नाममा वार्तामा बोलाउनु पर्ने माग गरेको छ ।