पाँचथरमा जंगली च्याउ खाँदा १० को मृत्यु , जुनसुकै च्याउ नखान प्रहरीको आग्रह

352

पाँचथरमा जंगली च्याउ खाँदा १० को मृत्यु , जुनसुकै च्याउ नखान प्रहरीको आग्रह

ताप्लेजुुङ जेस्ठ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जुनसुकै जङ्गली च्याउ नखान जिल्लाबासी नागरिकलाई आग्रह गरेको छ । जङ्गली च्याउ सेवनका कारण छिमेकी जिल्ला mushपाँचथरमा हालसम्म दश जनाको मृत्यु भएपछि प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।ताप्लेजुङमा पनि जङ्गलमा पाइने च्याउ धेरैले उपभोग गर्ने गरेको पाइएकाले समभावित घटना हुनबाट बच्नको लागि सबैलाई अनुरोध गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताए । प्रनाउ केसीका अनुसार जङ्गली च्याउ सेवन गर्दा विषाक्त भई खतरा हुनसक्ने भएकाले जङ्गलमा पाइने जुनसुकै च्याउ नखानका लागि सर्वसाधारणलाई आग्रह गरिएको हो ।
जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर कुमोद भट्टराईले जङ्गलमा पाइने बिसाक्त च्याउ सेवनले सीधै कलेजोलाई असर गर्ने बताउनुभयो । डाक्टर भट्टराईका अनुसार सर्वसाधारणले परम्परागत आधारमा च्याउको रंग र डाँठ हेरेर उपभोग गर्ने गरेका कारण समस्या आउने गरेका छ । उहाँले विसाक्त च्याउ खाएपछि वान्ता हुने, मुर्छा पर्ने जस्ता अवस्था सिर्जना भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि सर्वसाधारणलाई अग्रह गरे ।
उता पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ उपभोग गरेका कारण १० जनाको ज्यान गएको छ । पाँचथर प्रहरीका अनुसार बिहीबार राति आङ्ना १ का ३६ वर्षीय वीरेन्द्र माङ्लाक लिम्बूको मृत्यु भएको छ ।

गत जेठ १० गते जङ्गली च्याउ सेवन गरेपश्चात सिकिस्त विरामी परेका लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो । फिदिम नगरपालिका, आङ्ना, थर्पू लगायत विभिन्न गाविसका गरी हालसम्ममा च्याउ सेवनका कारण १० जनाले ज्यान गुमाई सकेका पाँचथर प्रहरीले जानकारी दिएको छ ।