तात्तिन थाल्यो नेविसंघ महाधिबेशन, अध्यक्षमा चार प्रतिस्पर्धी

1.3K

तात्तिन थाल्यो नेविसंघ महाधिबेशन, अध्यक्षमा चार प्रतिस्पर्धी

काठमाडौं जेस्ठ। एक दशकदेखि हुन नसकेको नेपाल बिद्यार्थी संघको महाधिबेशन तोकिएकै समयमा गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएपछि बिद्यार्थी नेताहरु सक्रिय भएका छन् । उम्मेरलेNEBISAng डाँडो काटि सकेका र हाल क्याम्पसहरुमा अध्ययन गरिरहेका बिद्यार्थी नेताहरु महाधिबेशनको तयारीमा जुटेका छन् ।नेपाल बिद्यार्थी संघको भावी नेतृत्व लिन देउवा र पौडेल पक्षका बिद्यार्थी नेताहरु कोठे बैठकदेखि प्रतिनिधीहरुसँगको छलफललाई तिव्रता दिएका छन् । नेविसंघ अध्यक्षका लागि हाल चार बिद्यार्थी नेताहरु चुनवी मैदानमा छन् । शुभराम बस्नेत, नैनसिंह महर, जितजंग बस्नेत र मनोजमणि आचार्य मैदानमा देखिएका छन् ।नेविसंघमा शुभराम बस्नेत र नैनसिंह महर लोकप्रिय नेता हुन् । भने जितजंग पार्टी नेताका प्रिय छन् । पौडेलपक्षका एक मात्र उम्मेद्धार मनोजमणि आचार्य हुन् । नैनसिंह महर धेरै पहिला क्याम्पस छाडिसकेका नेता हुन् भने सुभराम बस्नेत शंकरदेव क्याम्पसका बिद्यार्थी नेता हुन् । शंकरदेव क्याम्पसमा स्ववीयू सभापति हुँदा शुभरामले निकै उत्कृष्ट काम गरेका थिए । त्यहीबाट उनको लोकप्रियता चुलिएको हो ।शंकरदेव क्याम्पसमा उनले आफ्नै लगानीमा डेढ सय विपन्न परिवारका बिद्यार्थीलाई पढाइरहेका छन् भने भने स्ववीयू परिषदको सभापति भएर ८३ क्याम्पसमा बिद्यार्थीको नेतृत्व गरिसकेका छन् । त्यही बेला उनले १२ बर्षसम्म हुन नसकेको स्ववियू परिषदको अधिबेशन पनि सम्पन्न गराएका थिए ।नेविसंघमा मात्र नभई अखिल र क्रान्तिकारी बिद्यार्थी माँझ पनि शुभराम चर्चित छन् । उनले आफ्ना पालामा राष्ट्रिय सभागृहमा मात्र १७ वटा कार्यक्रम गरेका थिए । नेपालको शिक्षा पद्धतिका बिषयमा छलफल गर्न अमेरिकाबाट समेत प्रोफेसर बोलाएर त्रिभूवन यूनिभरसिटीका प्रोफेसरसँग छलफल गराएका थिए ।बिद्यार्थी राजनीति संगै गरेका अखिलका नेताहरु अहिले पार्टीको पदाधिकारी पुगिसकेका छन् भने नेविसंघका कतिपय नेताहरु अझै अध्यक्षको दावी गरिहेका छन् । एमाले सचिव गोकर्ण बिष्ट र योगेश भट्टराईका सहकर्मीहरु नेविसंघकै राजनीतिमा रुमलिरहेका छन् ।