बुटवल जेठ
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकारले अतिराष्ट्रबादको चर्को नारा दिएर जनतालाई ठगेको भन्दै देशको सार्वभोमसत्ता भारतलाई बेचेको सरकारको आयू लामो नभएको बताउनुभएको छ । वहांले अङिंकित नागरिकता भएकाहरु देशको प्रधानमन्त्री , राष्ट्रपति , प्रधानन्यायधिस र सुरक्षा निकायसंग सम्बन्धित कुनै माथिल्लो पदमा जान नपाउने भन्दै त्यस्ता नागरिकता भएकाहरु ती पदमा कुनै पनि हालतमा हुन नहुने औंल्याउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ६ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले उक्त कुरा बताउनुभएको हो ।क्षेत्र न ६का क्षेत्रीय सभापति मुकेश यादवको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले नेपाली कांग्रेसको गति तिब्र पार्दै पुन ःकांग्रेसलाई विजयी बनाउंदै देशलाई निकाश दिने काममा सबै कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।यस्तै नेपाली कांग्रेस क्षेत्र न। ६का सभासदका प्रत्यासी तथा कांग्रेस नेता अष्ठभूजा पाठकले पाटीको गुट उपगुटको कुरा अन्त्य गरी एक भएर अघि बढे मात्र सफलता हांसिल गर्न सकिने बताउनुभयो । , यस्तै कार्यक्रममा क्षेत्र न। ४का सभापति हरि लम्साल , महाधिवेशन प्रतिनिधी राम ब र्काकी ,थानेश्वर घिमिरे , महासमिति सदस्य जयचन्द्र यादव ,नेपाल महिला संघका केन्द्रिय सदस्य रिजन श्रेष्ठ , जिल्ला सदस्य विनोद श्रीवास्तव , नगर सभापति खेलराज पाण्डे , नेविसंघका जिल्ला सभापति विष्णु पोख्रेल लगायतले बोल्नुभएको थियो ।यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले आजै खुर्दलोटन बांधको अवलोकन पनि गर्नुभएको छ । बांध अवलोकन पश्चात रुपन्देही क्षेत्र न। ६को मर्यादापुर गाविसमा आयोजित कार्यक्रममा बोल्दै वहांले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एक ढिक्का भएर अघि बढ्ने कुरा बोलीमा मात्र सिमित नगराई व्यवहारमा लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा राप्रपा नेपाल , तमलोपा नेपाल र फोरम नेपालबाट नेपाली कांग्रेसमा प्रवेश गरेका २८ जनालाई वहांले अबिर लगाएर पार्टीमा प्रवेश संगै स्वागत गर्नुभएको थियो।