एन आर एन पोर्चुगलका पुर्व महासचिवको गलत कदम,दुइ पक्षबीच कार्यालयमा हात हालाहालको स्थिति( अडियो सहित )

551

एन आर एन पोर्चुगलका पुर्व महासचिवको गलत कदम,दुइ पक्षबीच कार्यालयमा हात हालाहालको स्थिति( अडियो सहित )

योगेन्द्र घिमिरे
लिस्वन /पोर्चुगल

एन आर एन पोर्चुगलका पुर्वमहासचिव हेमन्त सेढाइले महिलामाथि दुर्ब्यबहार गरेको समाचार प्रकाशित पछि लिस्वनमा बसेर कलम चलाउदै आयका दुइ पत्रकारमाथी गलत कदम उठायका छन | समाचार प्रकाशित पछि बिज्ञप्ति जारि गरेर हुन्छ वा चित्त नबुझेको कुरा खण्डन गर्नुको साट्टो उल्टै मिठो तरिकाले तर्साउने काम गरेका छन | जुन निकै लज्जास्पद र हास्यास्पद देखिन्छ |

न्युज २४ का युरोप प्रतिनिधिहरु गणेश पाण्डे र दिपक खतिवडालाइ मात्रै एन आर एनको कार्यालयमा बोलायर एकतर्फी रुपमा दबाब दिने काम गरे | उपस्थित एक दर्जन भन्दा बढी सबै सेढाईले बोलायका उनि निकट ब्यक्ति रहेका थिय | उनीहरुकै बिचमा समाचारको बारेमा के लेख्ने कस्तो लेख्ने के गर्ने के नगर्ने बारेमा सिकाइरहेका थिय | जसले उनि पत्रकारद्वय खतिवडा र पाण्डेका सम्पादक रहेको देखाइरहेको थियो |

गत बुधबार एन आर एन पोर्चुगलको कार्यलयमा भयको पुर्व महासचिव सेढाईको यो गलत कदमले गिज्जाईरहेको छ | उक्त वार्तामा सेढाई को पक्षबाट आएका केहि व्यक्तिहरुले पत्रकारहरुलाई पत्रकारिताको भाषा मात्रै सिकाएनन, घुमाउरो धम्कीपूर्ण भाषा समेत बोल्न पछि परेनन्। जुन अडियोको अन्तमा सुन्न सक्नुहुनेछ |के सेढाईको काम यहि हो?उनि को हुन् जसले पत्रकारिता र यसको नियम कानुन सिकाईरहेका छन ?महिनामा एउटा पनि लेख नलेख्नेलाइ ल्यायर वरिस्ठ पत्रकारको भूमिकामा बाध्ने उनको काम जायज देखिदैन | सामाजिक संजालमा कोसले के लेख्छ ?कसरि लेख्छ ?के त्यसको सबै जिम्मेवारी पत्रकारद्वय खतिवडा र पाण्डे लिनुपर्छ भन्ने छ र? यस बारेमा उनि लगायत उनको समुहले किन बुझेन?के यो पनि सिकाइरहनु पर्ने हो?

बुधबार दुइजनालाई दबाब दिईसकेपछि यो केस सेलायन| अर्को दिन बिहिबार  पिडित भनियकी जमुना तामांगलाई न्याय दिलाउन एन आर एन पोर्चुगलको कार्यालयमा उपस्थित भय | जसमा हेमन्त सेढाईका सबै मान्छे लगायत एन आर एन पोर्चुगलका पदाधिकारीहरु उपस्थित थिय | त्यो दिन सेढाइले केहि विवादित व्यक्तिहरु आफ्नो सुरक्षाको लागि र आफ्नो पक्षमा बोल्नको ल्यायको देखियो | तर स्थित सहज भन्दा असहज नै बन्यो |

बिहिबार एन आर एन कार्यलयमा  तामांग समाजक पदाधिकारीहरु र अन्य केहि समाजका अगुवाहरु पिडित जमुना तामांगको समर्थन गर्दै उनलाई न्याय दिलाउन उपस्थित बने | जसमा सेढाई पक्ष र जमुनाको समुह रहेको थियो | र थिय पत्रकारहरु गणेश पाण्डे र दिपक खतिवडा | बहसको क्रममा पत्रकारले मनलाग्दो लेख्ने भन्दै सेढाईका प्रमुख अंगरक्षक आबेगमा उत्रिय | लाग्थ्यो उनि द्वन्दको लागि मैदानमा उत्रदैछ्न| त्यसपछि जमुनाको समुहमा आयकाहरु त्यो सहन सकेनन | पिडितको पीडालाई कलम मार्फत बाहिर ल्याइदिने कलमको बचाऊ गर्दै सेढाई पक्ष विरुद्ध जाईलाग्यो | चर्काचर्कीले कडा  रुप लियर हात हालाहाल सम्मको स्थिति बनेको थियो |

गलत कदम विरुद्ध कलम चलाउने ,पिडितको कुरालाई संचार माध्यममा ल्याउने पत्रकार माथि यसरि जाइलाग्नु कानुन सम्मत गलत रहेको छ | आफै गल्ति गर्ने अनि आफैले सामन्ती पारा देखाउन खोज्ने हेमन्त सेढाई मात्रै नभयर उनलाई साथ् दिने सबैको गुन्डागर्दी शैली  देखियको छ | अर्कोतर्फ के एन आर एन पोर्चुगल आसेपासेको मात्रै हो?हिजोका दिनमा समाचारमा धेरै कुरा बाहिर आय ,खै आफ्नै पदाधिकारीलाई कारबाही गर्या? सामान्य नेपालीले निबेदन दिनुपर्ने अनि हेमन्त सेढाई लगायतका मै हुन् भन्नेहरुले फोन गरेर बोलायकै भरमा बैठक बस्ने?त्यो पनि एन आर एन कै कार्यलयमा ?के यो जायज छ?एन आर एन पोर्चुगलले बेलैमा सोचोस् |

अन्तमा भोलिका दिनहरुमा पोर्चुगलमा बसेर कलम चलाउने गणेश पाण्डे र दिपक खतिवडा लगायत पत्रकार साथीहरु माथि डर धम्कि नहोस भनेर सम्बन्धित  निकायमा पनि खबर पुगिसकेको बुझियको छ |

यसरि भयको थियो चर्काचर्की र हात हालाहालको स्थिति सुन्नुहोस अडियो

बुधबारको दिनमा हेमन्त सेढाईले यसरि लेक्चर दिदै थिय | साथमा पिडित जमुना र हेमन्तको दोहोरो बार्तालाप |

नोट :अडियो एन आर एन पोर्चुगल मार्फत उपलब्ध ….!

यो पनि पढ्नुस  https://www.lumbinionline.com/porchugal-7/