संगीतकार गुरुङलाई बचाउने हरप्रयास जारी डा. पाण्डे

665

संगीतकार गुरुङलाई बचाउने हरप्रयास जारी डा. पाण्डे

काठमाडौं जेठ

amar gurungवरिष्ठ संगीताकार अम्बर गुरुङलाई बचाउने हरसम्भव प्रयास भइरहेको ग्रान्डी अस्पतालका कार्यकारी निर्देशक डा. चक्र पाण्डले बताएका छन्।गुरुङको निधन भएको समाचार हल्लामात्रै भएको बताउँदै डा. पाण्डेले उनको अवस्था भने अत्यन्त नाजुक रहेको जानकारी दिए।उहाँलाई हामीले बचाउने हरसम्भव प्रयास गरिरहेका छौुं, उनले भने, भएसम्मका सबै प्रविधिको प्रयोगबाट उहाँको उपचार भइरहेको छ। तर अवस्था भने अत्यन्तै नाजुक छ।स्वास्थ्यमा गम्भीर समस्या आएपछि वरिष्ठ संगीतकार गुरुङलाई उपचारका लागि गत मंगलबार ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य कम्जोर हुँदै गएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।