संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले लिन्छ : देउवा

1.3K

संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले लिन्छ : देउवा

जेष्ठ भक्तपुर

कांग्रेस सभापतिdeuwaa शेरबहादुर देउवाले ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी आफ्नो पार्टीको काँधका आएको बताएका छन् ।सोमबार भक्तपुरमा सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको चौथो वार्षिक स्मृति सभाको उद्घाटन गर्दै देउवाले भने, ‘संविधान कार्यान्वयन सजिलो छैन, संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ ।’संसदीय निर्वाचन र राष्ट्रिय सभाको निर्वाचनपछि मात्र संविधानको कार्यान्वयन हुने उनले बताए ।संविधान कार्यान्वयनमा सरकारले चासो नदिएको बताउँदै देउवाले भने, ‘ओली नेतृत्वको सरकार झूटो आश्वासन मात्रै बाँडेर बसेको छ ।’ओली सरकारलाई निर्वाचन गराउन चिन्ता नभएको र झूटा आश्वासन मात्रै दिने गरेको उनले टिप्पणी गरे ।