देवदह जेसिज तथा खेमा तमु छोंज धिंको संयुक्त आयोजनामा नेतृत्व विकास कार्याशाला तालिम

469

देवदह जेसिज तथा खेमा तमु छोंज धिंको संयुक्त आयोजनामा नेतृत्व विकास कार्याशाला तालिम

मिना पौडेलnnn
देवदह जेठ । नेतृत्व तहमा पुग्नको लागि आत्मविश्वासको भावना जागरुक हुनुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले कुलतकोे सिकार बनेका युवाहरुलाई नेतृत्वदायी तालिमले सहि बाटोमा डोर्याउन मद्दत गर्ने बताएका थिए । देवदह जेसिज तथा खेमा तमु छोंज धिंको संयुक्त आयोजनामा भएको नेतृत्व विकास कार्याशाला तालिमलाई सम्बोधन गर्दै उनीहरुले उक्त कुरा बताएका हुन् । साथै उनीहरुले प्रशंसा मात्र नभई आलोचना सहन सक्ने व्याक्तिनै असल नेतृत्वकर्ता हुने बताएका थिए । तालिमको बुटवल जेसिजका पुर्व अध्यक्ष गोपाल अधिकारी, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय अध्यक्ष एवंम् नेपाल जेसिसका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गोपाल पाण्डे, देवदह जेसिजका अध्यक्ष विजय गुरुङ्गले सहजीकरण गरेका थिए । खेमा तमु छोंज धिं देवदहका अध्यक्ष थमनसिंह गुरुङ्गको अध्यक्षता, नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष बासुदेव रिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देवदह मदर टङ्गस्का प्रिन्सिपल रामबहादुर गरुङ्ग, देवदह जेसिजका कार्यकारी उपाध्यक्ष बालकृष्ण रिमाल, देवदह जेसिजका महासचिव विष्णु न्यौपाने लगायतले बोल्दै असल नेतृत्वले नै मानिसको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताएका थिए । तालिममा स्थानीय विद्यार्थी, सामाजिक अगुवा गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।