पाल्पामा विशालु च्याउ खाँदा एक जनाको मृत्यु ,चार बिरामी

847

पाल्पामा विशालु च्याउ खाँदा एक जनाको मृत्यु ,चार बिरामी

जेस्ठmush पाल्पा

विशालु च्याउ खाँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । च्याउ खाँदा विरामी परेकामध्ये १७ वर्षकी वीमा थापाको मिशन अस्पताल उपचारको क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।तानसेन १० भूषालडाँडामा बस्दै आएका एकैघरका पाँच जनाले विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् । च्याउ खाने मध्ये भुवन थापा स्वास्थ्यकर्मी हुन् ।भूषालडाडा नजिकैको सल्लेरीबाट टिपेर ल्याएको च्याउ उनीहरुले खाएका थिए ।खाना खाएर सुतेका पाँचै जनालाई पेट दुख्ने, पखाला लाग्ने भएपछि अस्पताल भर्ना गरिएको थियो । मृतकको पाल्पा जिल्ला अस्पतालमा पोष्टमार्टम भएको छ । अरु चार जनाको अवस्था सामान्य रहेको मिशन अस्पतालले जनाएको छ ।वर्षा सुरु भए लगत्तै जंगली विषालु च्याउ प्रयोग नगर्न जिल्ला प्रहरी कार्यालय पाल्पा र सरोकारवाला सबैले आम–जनसमुदायमा अनुरोध गर्दै आएका छन् ।