गाेलपार्कमा रोकेका ३ वटा बसमा कस्ले दन्कायो आगो ? पत्ता भने अझै लागेन।

444

गाेलपार्कमा रोकेका ३ वटा बसमा कस्ले दन्कायो आगो ? पत्ता भने अझै लागेन।

लु १ ख ६९२६ , लु १ ख ३९९६ र लु १ ख ६८७९ नम्बरका बस ध्वस्त
बुटवल जेस्ठ

बुटवलमा रोकिराखेका bus 3तीनवटा बसमा आगजनी भएको छ । बुटवलको गोलपार्कमा पार्किङमा रहेका लु १ ख ६९२६ , लु १ ख ३९९६ र लु १ ख ६८७९ नम्बरका बसमा आगजनी भएको हो । तर आगो कस्ले र किन लगायो भन्ने कसैलाइ पत्तो छैन । आगजनीबाट २ वटा बस ध्वस्त भएका छन् भने अर्काे बसमा पनि क्षति पुगेको छ ।बस भित्रकाे भाग सबै खरानी बनेकाे छ । मध्यरातमा ती बसमा आगजनी भएको प्रहरीले जनाएको छ ।पश्चिम नेपाल बस ब्यबसायी समितिका बसमा आगोलागि भएको हो । ईलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले आगो कसरी र कस्ले लगायो भन्ने बारेमा अनुसन्धान भैरहेपनि कुनै उपलब्धि भने नभएको प्रतिक्रिया दिए ।गोपाल पाण्डे लु १ ख ३९९६ को धनि हुन् भने ,मिनबहादुर टमाटाको लु १ ख ६९२६ र इन्द्र बहादुर सारु लु १ ख ६८७९ बसका धनि हुन् । आगो संकास्पद ढंगबाट लगाइएको छ । गोलपार्कबाट सिद्धबाबा जाने बाटोमा क्रमश रोकेका ती गाडिहरु जलेपछि सबै अचम्मित बनेका छन् ।