गुल्मीका अग्नी पिडितलाइ नागरिक मिडियाले बाड्यो औषधि

1.3K

गुल्मीका अग्नी पिडितलाइ नागरिक मिडियाले बाड्यो औषधि

बुटवल जेठlumbini

गुल्मीका अग्नीपिडीतलाइ नागरिक मिडिया सेन्टरले औषधि हस्तान्तरण गरेको छ । गुल्मी बडागाउको दजाकोट गाउका वडा न १, २ र ३ मा पुगेर स्थानिय अग्नीपिडितलाइ औषधि प्रदान गरेका हुन् । आगाले ध्वस्त बनाएका ६५ घरपरिवारलाइ उनीहरुले पहिलोपटक गाउमा पुगेर प्यारा सिटामोल,भिटामिन बि, अलबेनडाजोल, रेन्टीक्लाइन, मेट्रोनेडाजोन, जीवनजल,ग्याष्टिक,जुका,पखाला लगायतका गरि करिब २२ हजारको औषधि बितरण गरिएको नागरिक मिडिया सेन्टरका प्रबन्ध निर्देशक दिनेश पाण्डेले लुम्बिनी अनलाइन लाई जानकारी दिए । सो अबसरमा निर्देशक दिनेश पाण्डे र सह प्रबन्ध निर्देशक अर्जुन पाण्डे,रेसुङा प्याथोलोजि तम्घासका केपि भण्डारी लगायतले औषधि बांडेका थिए ।आगोबाट मानबिय क्षति संगसगै ठुलो धनजनको क्षति भएको कारण मानिसहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै औषधि बाडिएको हो । lumbini2
जिल्लामा भौतिक सहयोग धेरै स्थानबाट गरेतापनि औषधि सहयोग भने पहिलेपटक भएको अग्नि पिडितहरुको भनाई छ ।