बजेट कार्यान्वयन नहुँदै मुल्य बृद्धि

642

बजेट कार्यान्वयन नहुँदै मुल्य बृद्धि

बुटवल जेठ ।

आगामी आर्थिक वर्षकालागि सरकारले बजेट ल्याएपनि सो बजेट कार्यान्वनयन हुन चालु आर्थिक वर्ष सकिन पर्छ । चालु आर्थिक वर्षमा सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन । सरकारले बजेट ल्याएलगत्तै दैनिक उपभोग्य बस्तुको मुल्य भने व्यापारीहरुले बढाईसकेका छन् । यो गुनासो रुपन्देही तिलोत्तमा नगरपलिकाका किसानहरुको हो । सरकारले सदनमा बजेट प्रस्तुत गरेपछि किसानले पशुकालागि खरिद गर्ने दाना (चोकर)को मुल्यमा अध्यधिक बृद्धि भएको उनीहरुको गुनासो छ । दानामा भएको मुल्य बृद्धिले किसानलाई प्रत्यक्ष रुपमा मार पारेको ज्योति दुग्ध उत्पादक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरिलाल पाण्डेले बताउनु भयो । पशुलाई खुवाउनकालागि किसानले खरिद गर्ने दाना प्रति ४० किलोको बोरामा १ सय ५० रुपैंयाँदेखि २ सय रुपैंया सम्म बृद्धि भएको उहाँले गुनासो गर्नुभयो । दुग्ध उत्पादनकालागि पशुलाई खुवाउने दानामा मुल्यबृद्धिभएपछि उत्पादित दुधमा लागत मुल्य बढको छ । तर लागत मुल्य बढेपनि उत्पादित दुधको मुल्य भने बढेको छैन । यसले किसानलाई धेरै मार परेको अध्यक्ष पाण्डे बताउनु हुन्छ ।
सरकारले सदनमा बजेट प्रस्तुत नगर्दा सम्म चोकर दानाको मुल्य ४० किलोको बोरालाई ९ सय ७५ देखि १ हजार रुपैंया सम्ममा पाईन्थ्यो । तर बजेटसंगै सोही बोराको मुल्य बृद्धि गरेर व्यापारीहरुले १ हजार १ सय ५० रुपैंया देखि १ हजार २ सय रुपैंया पु¥याएको किसानहरुले गुनासो गरेका छन् । दाना उद्योगीहरुले लोडसेडिङ् लगायतको समस्या देखाएर दानाको मुल्य बृद्धि गरेपनि बजेट अंगाडी पनि लोडसेडिङ् रहेको र अहिले लोडसेडिङ्लाई आधार बनाउन नुहेन भन्दै सरकारले ल्याएको बजेटलाई भ¥याङ् बनाएर व्यापारीहरुले लुट मच्चाएको किसानहरुको गुनासो छ ।