देवदहमा सुपानेट झुल वितरण गरिने

1.1K

देवदहमा सुपानेट झुल वितरण गरिने

jhulदेवदह अषाढ  ।

देवदहमा भोलीदेखी सुपानेट झुल वितरण गरिने भएको छ । देवदह नगरपालिकाको आयोजनामा भएको बैठकले उक्त कुराको जानाकारी दिएको हो । सोही अवसरमा देवदह नगरपालिका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले भोली देखी देवदह क्षेत्रका विभिन्न वडाहरुमा झुल वितरण गर्ने भएको हो । भोली वडा नं ६ को लागि देवदह स्वास्थ्य चौकीमा, ३ गते वडा नं ७ को लागि अमरसिहं चोकको आमा समुहको भवनमा, ४ गते वडा नं ८ को लागि शित्तलनगर मदन आश्रित स्मृति सभाहलमा, ५ गते वडा नं ९ को लागि बुद्ध सामुदायिक वन बिशालनगरको कार्यालयमा, ६ गते वडा नं १० को लागि १२ बजेसम्म घोडाहा सन्दिप प्राविमा र २ बजेबाट वडा नं ११ भलुहीको गाउघर क्लिनिकमा, ७ गते चरेङ्गे सामुदायिक स्वास्थ्य इकाइमा झुल वितरण गरिने आर. एफ. डि. सीले जनाएको छ । साथै डेरा गरी बस्नेहरुका लागि नगरपालिकामा डेरामा बसेको सिफारिस गराएपछि झुल पाईने बताइएको छ । झुल वितरण गर्न छुटफुट भएकालाई ८ गते देवदह स्वास्थ्य चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको देवदह स्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीले बताउनुभयो ।