समावेशी मोडल हस्पिटल संचालनमा ।

1.3K

समावेशी मोडल हस्पिटल संचालनमा ।

विकास गौतम //असार रुपन्देही ।
model hospitalरुपन्देहीको सालझण्डीमा आज देखी समावेशी मोडल हस्पिटल संचालनमा आएको छ । हस्पिटलले आफ्नो शुभारम्भको अवसरमा आज एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर गरेको छ । आज देखी सालझण्डीमा शुभारम्भ भएको समावेशी मोडल हस्पिटलले आफ्नो सेवा शुभारम्भ गरेको अवसरमा स्वास्थ्य शिविर गरेको हो । शिविरमा यस क्षेत्रका झण्डै ४०० जना भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् । सामान्य औषधोपचारको लागी पनि बुटवल सम्म धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नको लागी हस्पिटलको स्थापना गरिएको हस्पिटल निर्देशक मनोज पन्थले बताए । उनले रुपन्देही जिल्लाको पश्चिम भेग हुदै कपिलवस्तु जिल्ला सम्मलाई लक्षीत गरी हस्पिटलको स्थापना गरिएको र हस्पिटलमा २४ अ‍ै घण्टा इमरजेन्सि सुविधा सहित ओपिडी लगायत अन्य विशेषज्ञ सेवाहरु पनि रहेको बताए । १५ शैया सम्मको क्षमता रहेको हस्पिटलमा ल्याव, एक्सरे, भिडियो एक्सरे लगायत अन्य सुविधाहरु पनि रहेको छ । बुटवलका चर्चित डाक्टरहरु राजु लिम्बु, राजकृष्ण श्रेष्ठ, संजय प्रसाद शाह, तृष्णा श्रेष्ठ लगायतका चिकित्सकहरुले हस्पिटलमा स्वास्थ्य परिक्षण गर्ने पन्थले बताए ।