रुपन्देहीको सुनगाभाकी समिक्षा प्रथम , अक्सफोर्डका पाण्डे दोस्रो,खुशीयालीमा मुर्गियामा अविरजात्रा

186

रुपन्देहीको सुनगाभाकी समिक्षा प्रथम , अक्सफोर्डका पाण्डे दोस्रो,खुशीयालीमा मुर्गियामा अविरजात्रा

ooबुटवल,। रुपन्देहीले यसबर्ष पनि एसएलसीमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।जिल्लाको पश्चिम सैनामैना नगरपालिका मुर्गियामा रहेको सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ४ अंक हाँसिल गरेकी छन् ।
सतप्रतिशत ल्याउदै समीक्षा सुवेदी  नेपाल फस्ट भएकी हुन् ।नतिजाको खुसियालीपछि विद्यालयले शुक्रबार मुर्गियामा र्यालीको आयोजना गरेको छ ।अहिले सम्म ४ नै ल्याएको कोहि छैनन, बिद्यालयका प्राचार्य तिलब केसीले  भने—‘हामी यो खुसिलाइ सबैसंग साट्न चाहन्छौं’ । समिक्षाले भनिन्—‘म एकदमै उत्साहित छु ,अब डाक्टर बनेर देशका गरिब दुखि बिरामीको सेवा गर्नेछु ।’त्यसैगरी बुटवलस्थित अक्सफोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका गरेका छन् । अक्सफोर्डका प्राचार्य दिनेश भुसालले भने—‘छात्र तर्फ अमृत नेपाल प्रथम भएको हाम्रो दाबि छ ,उनले ३ दशमलब ९५ ल्याएका छन् ।’