ऐतिहासिक वाल्मीकि आश्रम ओझेलमा

1.1K

ऐतिहासिक वाल्मीकि आश्रम ओझेलमा

ध्रुवशरण ढुंगाना
चिवन जिल्लाको माडी नगरपालिका ईलाका नं. ३ मा रहेको ऐतिहासिक वाल्मीकि आश्रम यातायात असुविधाका कारण ओझेलमा परेको छ । वाल्मीकि आश्रममा स्थलमार्ग हुँदै पुग्नकालागि भारतको भैसालोटन भएर जानुपर्छ । नेपालको नवलपरासी, चितवन र भारतको संगम नारायणी नदिमा पर्ने त्रिवेणी हुँदै जलमार्गबाट जानुपर्ने बाध्यता छ । तर जलमार्गबाट जानकालागि पनि सुविधा सम्पन्न डुङ्गा नहुनु र त्रिवेणी पार गरेर पनि त्यहाँ सम्म पुग्ने बाटो राम्रो नहुँदा प्राचिन ऐतिहासिक तिर्थस्थल ओझेलमा परेको हो ।

balmiki asram
नेपालकै पुरानो तिर्थस्थलमा करिव साढे १७ लाख बर्ष पहिले वाल्मीकीले सोही स्थानमा तपस्या गरी संसारकै पुरानो काव्य रामायण रचना गरेको किंवदन्ती छ ।
पछिल्लो समय र काल खण्डमा रामायण बिभिन्न भाषामा अनुवाद भए रामयणलाई सबैले जान्ने बुझ्ने मौका पाए । तर विडम्बना रामायण काव्यका मुल रचयीताको तपस्थलीे प्रकाशमा नआउनु दूर्भाग्य भएको वाल्मीकि आश्रमका पुजारी शेखर सुवेदीले बताउनु भयो । पौराणिक मान्यता अनुसार सोही स्थानमा नै सीता मातालाई रामले गर्भ अवस्थामा त्यागेपछि वाल्मीकि आश्रयमा रामका पुत्र लव र कुशको जन्मभएको थियो । अहिले त्यहाँ सीतापातल प्रवेश र हरिहर नामका दुई वटा मन्दिर रहेका छन् भने ८८ हजार ऋषिले यज्ञ गरेको यज्ञकुण्ड, सीताले पानी भर्ने अमृत कुण्ड, मसला पिस्ने सिलौटो, लवकुशले रामको अश्वमेध यज्ञको घोडा बाँधेको खम्बा, वाल्मीकिले लवकुशलाई पढाएको पाठशाला जस्ता पुराना भग्नावशेष संरक्षणको परखाईमा छन् । वाल्मीकि आश्रममा सरकार र चितवन राष्ट्रिय निकुञ्जको पनि ध्यन जानु पर्ने विश्व सनातन धर्म स्थापनार्थ गठित जिल्ला समितिका अध्यक्ष शालिकराम उपाध्याय बताउनु हुन्छ ।
जंगलको विचमा रहेको उक्त थलमा श्रद्धालुहरुको आवागमन भईरहन्छ । माघे औशीमा भने अधिक भिड हुने उहाँ बताउनु हुन्छ । तर त्यसरी आउने श्रद्धालुहरुका लागि बस्ने आवास तथा पिउने पानीको प्रयाप्त व्यबस्था हुन सकेको छैन ।
नेपालबाट जानकालागि यातायातको सुविधा त छैन । नेपालबाट जानेको लागि पैदल मार्ग पनि राम्रो नभएका कारण नेपालीको तुलनामा भारतीय दर्शनार्थी बढी आउँछन् । मन्दिरका पुजारी सुवेदी भन्नुहुन्छ–‘ऐतिहासिक धार्मिक स्थललाई संरक्षण गर्ने नीति सरकारले नबनाउँदा यस्ता ऐतिहासिक स्थलहरु ओझेलमा परेका हुन ।’
वाल्मीकि आश्रमको संरक्षण र प्रचार प्रसार गर्न सक्ने हो भने चितवन जिल्लाको मात्रै नभएर देशकै गहना बन्न सक्छ । सरकारले त हेरेन नै चितवनको बिकास गर्ने स्थानीय निकाय जिल्ला बिकास समितिको पनि ध्यान नपुग्नु दुःखको बिषय भएको स्थानीय गुनासो गर्दछन् ।
विश्व सनातन धर्म स्थापनार्थ मूल समिति काठमाण्डौले सीतापातल प्रवेशको मन्दिर निमार्ण गरेको र आश्रमको गुरुयोजनाका निमार्ण गरी सोही अनुसारको बिकास गर्न सरकारलाई सुझाव पेश गरेको संस्थाका जिल्ला समिति अध्यक्ष उपाध्याय बताउनु हुन्छ । बालमीकिले लेखेको रामायण नेपाल भारतमा मात्रै नभएर कैयन देशमा प्रसिद्ध छ तर रामायण लेखेको स्थल ओझेलमा पर्नु दुःखको कुरा भएको स्थानीय रमाकान्त चापागाई बताउनुहुन्छ ।
नदि पार गरी वाल्मीकि पुग्नका लागि लिलामणी पौडेल मुख्य सचिव रहँदा २०७०÷७१ को अर्थिक बर्षमा तत्कालीन मुख्य सचिव पौडेलले झलुङ्गे पुलको सिलान्यास गर्नुभएको थियो । तर २ आर्थिक वर्ष पुरा गरिसक्दा पनि चितवन राष्ट्रिय निकुन्जको अवरोधका कारण झोलुङ्गे पुल निर्माणको काम अंगाडी बढ्न सकेको छैन ।