रुपन्देहीबाट ९५.६ प्रतिसतले उच्च माबिमा भर्ना पाउने

1.3K

रुपन्देहीबाट ९५.६ प्रतिसतले उच्च माबिमा भर्ना पाउने

hबुटवल, असार । रुपन्देहीमा यस पटक एस एल सी परिक्षामा दिएका मध्ये १२ हजार २ सय १५ जनाले उच्च मावि तह अध्ययन गर्न पाउने भएका छन् । यो कुल परिक्षार्थीको ९५.६ प्रतिसत हो । परिक्षा नियन्त्रण कार्यालयका अनुसार २ विषयसम्म डी र इ आएका विद्यार्थीको प्लस भन्दा कम आएमा पुरक परिक्षा दिनुपर्ने व्यवस्था छ । गत वर्ष रुपन्देहीबाट करिब ६० प्रतिसत विद्यार्थी मात्र उत्र्तीण भएका थिए ।

यस पटकको एस एल सी परीक्षामा गत वर्ष भन्दा धेरै राम्रो नतिजा आएको रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकवहादुर थापाले बताउनुभयो । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार जिल्लाबाट ए प्लस ल्याउने बिद्यार्थीको संख्या ६ सय ३ जना छन् । त्यस्तै १ हजार ७ सय ५३ जनाले ए ग्रेड प्राप्त गरेका छन् । बि प्लसमा २ हजार ५ सय १० जना छन् भने बि ग्रेडमा २ हजार ४ सय ९८ जना छन् । सि प्लसमा २ हजार २ सय ६३ र सि ग्रेडमा १ हजार ८ सय ८३, डि प्लसमा ७ सय ५ जना डि ग्रेडमा ९३ जना छन् । रुपन्देहीमा ई ग्रेडका बिद्यार्थी भने छैनन् ।