बुटवल, असार । गुल्मीको बलेटक्सारबाट बिभिन्न पेशा व्यबसायको शिलशिलामा रुपन्देही आएका व्यक्तिहरुले स्थापना गरेको गुल्मी बलेटक्सार–रुपन्देही सम्पर्क समाजले रक्तदान गरेको छ ।
रक्तदान जिवनदान भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने हेतुले रक्तदान गरिएको समाजका अध्यक्ष नारायण ज्ञवालीले बताउनु भयो । नेपाल रेडक्रस सोसाईटि रुपन्देहीले सञ्चालन गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा शनिबार सोही केन्द्रमा सम्पन्न रक्तदानमा ५५ जनाले रक्तदान गरेका थिए ।
गत बैशाखमा स्थापना भएको समाजले २०७३ सालको भित्ते पत्रिका प्रकाशन गरेको थियो भने जेठमा गुल्मीको थानपती गाबिसका अग्नी पिडितलाई राहत प्रदान गरेको थियो । तस्रो कार्यक्रम रक्तदान गरिएको र यहि असारमा नै बृक्षारोपण गर्ने कार्यक्रम तय गरिएको सचिव हेम थापाले जानकारी गराउनु भयो ।