उपत्यका बाहिर एक मात्र मनोरोग अस्पताल रुपन्देहीमा

1.3K

उपत्यका बाहिर एक मात्र मनोरोग अस्पताल रुपन्देहीमा

chautariबुटवल, असार । मानसिक रोग उपचारको लागि नेपालमा एक मात्रै पाटन अस्पताल थियो । मानसिक रोगबाट ग्रसित बिरामीलाई उपचारकालागि काठमाण्डौमौ पु¥याउनु पर्ने र दुःख गरेर काठमाण्डौ पु¥याउँदा पनि बिभिन्न खाले झण्झटले गर्दा बिरामीले उपचार नपाउने र रोग च्यापेरै बस्नुपर्ने बाध्यता थियो । यहि बाध्यतालाई मध्येनजर गर्दै रुपन्देहीका आठ जना युवा व्यबसायीले मनोरोग अस्पताल सुरु गरे । उनीहरुको अथक मेहनत र लगानीका कारण यस क्षेत्रका मनोरोगी बिरामीहरुलाई सुविधा प्राप्त भएको छ भने रोग च्यापेर बस्नुपर्ने स्थितीको अन्य भएको छ ।
यस क्षेत्रमा एउटा मनोरोग अस्पतालको खाँचो महसुस गरी २०६९ सालबाट थालीएको अभियानले गत मंसिरमा मात्रै पुर्णता पाएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. १४ मृगौलीमा चौतारी नेपाल हेल्थ फाउण्डेसनको नाममा स्थापना गरिएको अस्पतालकै मातहतमा रहने गरी सञ्चालन गरिएको करुणा चौतारी फाउण्डेसन (रिहाव सेन्टर) ले पनि कुलतमा फसेका युवाहरुलाई गलत बाटोबाट निकाल्ने कामको थालनी गरेको छ ।
तिलोत्तमा १४ मृगौलीमा १५ कट्ठा जग्गा खरिद गरि सुरु गरिएको मनोरोग अस्पताल पश्चिम नेपालमा मात्रै नभएर उपत्यका बाहिर पहिलो हो । गत मंसिरदेखि सञ्चालनमा आएको सो मनोरोग अस्पताल २५ शैयाको क्षमतामा सञ्चालन गरिएको छ भने त्यसकै मातहतमा सञ्चालन गरिएको रिहाव सेन्टरको क्षमता ३० जनाको रहेको कार्यालय प्रमुख बिमल ढकाल बताउनु हुन्छ ।
उहाँका अनुसार अहिलेसम्म ५० जनाले सेवा लिएर त्यहाबाट बिदा भईसकेका छन् भने अहिले पनि अस्पतालमा १५ जना मानसिक रोगी बिरामीको उपचार भईरहेको छ भने रिहाव सेन्टरबाट १० जना महिला र २० जना पुरुष गरी ३० जनाको उपचार भईरहेको छ ।
यस क्षेत्रका युवा व्यबसायीहरु डा. मनोज ढुङ्गाना, सुरज भट्टराई, विष्णु भट्टराई, उमेशचन्द्र आचार्य, ध्रुवकुमार शर्मा, ईञ्जिनीयर कुसुमराज ज्ञवाली, किरण ढकाल र बिमल ढकालको सामुहिक रुपमा ६ करोड लगानी भएको अध्यक्ष डा. मनोज ढुङ्गाना बताउनु हुन्छ । सो अस्पतार र रिहाव सेन्टरमा गरेर २ जना विशेषज्ञ डाक्टर सहित प्राबिधिक तथा सहयोगी गरी २३ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।