फुटवलर विमलकी बहिनीको हत्याको न्यायीक छानबिन माग राख्दै प्रर्दशन

541

फुटवलर विमलकी बहिनीको हत्याको न्यायीक छानबिन माग राख्दै प्रर्दशन

manishaa

नवलपरासी ,असार राष्ट्रिय फुटवलर खेलाडी विमल घर्ती मगरकी १७ बर्षिय बहिनी मनिषाको हत्या प्रकरणमा न्यायीक छानबिन हुनुपर्ने माग राख्दै गृह जिल्ला नवलपरासीमा प्रर्दशन भएको छ ।स्थानिय प्रहरी प्रशासनलाई दवाव दिने उदेश्यले घटनाको सत्य तथ्य छानबिनको माग राख्दै बिमल , बिमलका आफन्त र स्थानियहरुले सदरमुकाम परासीमा दवाब मुलक प्रर्दशन गरेका हुन् ।
सो क्रममा घटनाको सही छानबिन हुनुपर्ने र दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक समक्ष ध्यानआकर्षण गराएका थिए ।मनिषा करिब एक महिना अघि नवलपरासीको पंन्चगनर भानुनगर स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । मनिषा स्थानिय बर्दघाट स्थित न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।
मनिषाको मृत्यु रहस्य बनेपछि प्रहरीले मनिषा संग प्रेम सम्बन्ध राख्ने नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष) पक्राउ गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।