तमलोपा महाधिवेशन आजबाट नवलपरासीमा शुरु

322

तमलोपा महाधिवेशन आजबाट नवलपरासीमा शुरु

index

नवलपरासी, असार । तराई–मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन नवलपरासीको रामग्राममा सोमबार सुरु हुँदैछ। महाधिवेशनको सबै तयारी पूरा भएको महामन्त्री तथा प्रचारप्रसार र सञ्चार समिति संयोजक जितेन्द्र सोनलले बताए। महाधिवेशनका लागि प्रधानमन्त्री केपी ओलीलगायत सबै दलका नेतालाई निम्ता पठाइएको जानकारी उनले दिए।

तीन दिन चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट एक हजार प्रतिनिधि र चार सय पर्यवेक्षक आउने बताइएको छ। भारत, चीन, युरोपेली युनियन, बंगलादेश, चीन र म्यानमारलगायत विभिन्न देशका प्रतिनिधि निम्ता गरिएको दलले जनाएको छ।

महाधिवेशनका लागि बृजेश गुप्ता संयोजक रहेको विधान संशोधन तथा परिमार्जन समिति र वृषेशचन्द्र लालको नेतृत्वमा राजनीतिक दस्तावेज तयारी समिति र सर्वेन्द्रनाथ शुक्ल नेतृत्वको नीति तथा कार्यक्रम निर्माण समितिले काम गरेका थिए। तमलोपाले महाधिवेशनको नारा ‘संघर्ष, समानता और सम्मान का, मधेसी राष्ट्रकी पहचान का’ तयार गरेको छ। २०६४ सालमा स्थापित तमलोपा पहिलो पटक महाधिवेशन तयारीमा जुटेको हो।