अफगानिस्तानमा मारिएका १२ नेपालीको पहिचान खुल्यो

425

अफगानिस्तानमा मारिएका १२ नेपालीको पहिचान खुल्यो

काठमाडौं,असार । सोमबार बिहानै अफगानिस्तानको राजधानी काबुलमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ ।
काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १४ मध्य १२ नेपाली रहेका छन् । अन्य दुई जना नेपाली वा विदेशी को हुन् भन्न पहिचान हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी आक्रमणमा मारिएका १२ नेपालीको वारेमा जानकारी गराएको हो ।
मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार आक्रमणमा मारिनेहरुमा जितेन्द्रसिंह थापा (बुटवल), सुकबहादुर गुरुङ(स्याङजा), चन्द्रबहादुर राना (काठमाडांैं), हरिबहादुर बडवाल(क्षेत्री), विदुरबहादुर सुवेदी(काठमाडांैंं), अमृतबहादुर थापा(लमजुङ), डम्बर बहादुर तामाङ(नुवाकोट), मधुसुदन कोइराला(नुवाकोट), लिलबहादुर गुरुङ(नुवाकोट), नविनसिंह क्षेत्री(पर्वत), कृष्णबहादुर ढुंगाना (चितवन), अकुर तामाङ (सुनसरी) रहेका छन् ।
काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा तालिबानले आक्रमण गरेको थियो । घटनामा १४ नेपालीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।
बम आक्रमणमा परी घाइते भएका सात जना नेपालीमा चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा, मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, सुर्खेतका अमृत रोकाय क्षेत्री र नुवाकोटका च्याङ्बा तामाङ रहेका छन् ।
घाइतेहरुको उपचार सुनिश्चित गर्न, मृतकको शव नेपाल पठाउन र अन्य समन्वयका लागि मन्त्रालयले पाकिस्तानका लागि कार्यवाहक राजदूत तिर्थराज अर्याललाई काबुल पठाएको छ ।
अफगानिस्तानमा बम विष्फोटका घटना सामान्य मानिएपनि नेपालीहरुलाई लक्षित गरेर आत्मघाती बम विष्फोट गराइएको भने यो पहिलो घटना हो ।

मारिनेहरुमा

जितेन्द्रसिंह थापा (बुटवल)
सुकबहादुर गुरुङ(स्याङजा)
चन्द्रबहादुर राना (काठमाडांैं)
हरिबहादुर बडवाल(क्षेत्री),
विदुरबहादुर सुवेदी(काठमाडांैंं)
अमृतबहादुर थापा(लमजुङ)
डम्बर बहादुर तामाङ(नुवाकोट)
मधुसुदन कोइराला(नुवाकोट)
लिलबहादुर गुरुङ(नुवाकोट)
नविनसिंह क्षेत्री(पर्वत)
कृष्णबहादुर ढुंगाना (चितवन)
अकुर तामाङ (सुनसरी)

kabul