भलाई कोषले दियो पत्रकार महासंघलाई एक लाख

1.3K

भलाई कोषले दियो पत्रकार महासंघलाई एक लाख

बुटवल, असार । यातायात मजदुर तथा व्यवसायी भलाई कोषले नेपाल पत्रकार महासंघलाई एक लाख सहयोग गरेको छ ।
भलाई कोषले नेपाल पत्रकार महासंघको पत्रकार कल्याणकारी अक्षयकोषलाई एक लाख रुपैया प्रदान गरेको हो । सोमबार एक कार्यक्रम गरी भलाई कोषका अध्यक्ष नारायण प्रसाद भट्टराईले महासंघका अध्यक्ष शेरबहादुर केसीलाई चेक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै भलाई कोषका अध्यक्ष भट्टराईले सामाजिक संस्थाको विकासका लागि आर्थिक सहयोग प्रदान गरिएको भन्दै त्यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले पत्रकारहरुको सुरक्षाको लागि कल्याणकारी कोष निर्माण गरिएको भन्दै भलाई कोषको सहयोगले कोष निर्माणमा महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो ।
कोषले नेपाल पत्रकार महासंघ संगै जीवराज आश्रित स्मृति प्रतिष्ठान र शहिद यादवनाथ आलोक स्मृति केन्द्र टिकुलीगढलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
त्यस्तै जीवराज आश्रीत प्रतिष्ठान र शहिद यादवनाथ आलोक स्मृति केन्द्रलाई ५०÷५० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।