बुटवल, असार । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आयोजित क्याम्पस तथा उच्च मा.वि.का कर्मचारीका लागि प्रशासन तथा कार्यालय व्यवस्थापन प्रशिक्षण सोमबार समापन भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले तीन दिने प्रशिक्षणको समापन गर्दै कार्यालयमा गरिने काममा प्रशिक्षणको महत्व निर्भर हुने बताउनुभयो ।
क्याम्पस प्रमुख मोहनराज शर्माले सेवाग्राहीमुखी काम र समग्र संस्थाको गुणस्तरका लागि प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।
सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालको सञ्चालनमा भएको कार्यक्रममा प्रशिक्षकहरूः प्रशासकीय स्टाफ कलेज काठमाण्डौका उप निर्देशक वेदप्रसाद पौडेल तथा उत्तम आचार्यले सामुदायिक संस्थाको सुदृढिकरणका लागि काम गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । सोही अवसरमा क्याम्पसको प्राध्यापक संघका सभापति ताराप्रसाद पराजुली, प्रशिक्षार्थीहरूः उमेशकुमार शाही, ध्रुव खरेल, राधा पन्त (सुवेदी), मञ्जु गौतम लगायतले आफूहरूमा उत्प्रेरणा थपिएको बताउनुभएको थियो ।
प्रशिक्षणमा रूपन्देही तथा कपिलवस्तुका डेढ दर्जन प्रशिक्षार्थीको सहभागिता रहेको क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह«ेले बताउनुभयो ।