आज विश्व संगित दिवश, बुटवलमा विभिन्न कार्यक्रम

1K

आज विश्व संगित दिवश, बुटवलमा  विभिन्न कार्यक्रम

aबुटवल, असार ।संगीत दिवसको अवसर पारेर बागेश्वरी संगीतालय बुटवलले बिशेष कार्यक्रम गर्ने भएको छ । जुन २१ का दिन संसारभर संगीत दिवस मनाइन्छ । मंगलबार बुटवलमा कलाकार सम्मान सहित सांगीतीक कार्यक्रम गर्ने भएको हो ।music days

मिलन चलचित्र मन्दिरमा हुने उक्त कार्यक्रममा नायक एंव गायक यश कुमार, अर्जुन कौशल, सरतिा पन्थी, चिरञ्जीवी भण्डारी, तेजु अर्याल, बिष्णुजी पाण्डे ‘माईलाबा’ लगायतका कलाकारको बिशेष प्रस्तुती रहने संगीतालयका प्राचार्य सुरेश सेन्चुरीले जानकारी दिनुभयो ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि संगीतले सबैलाई छुने भन्दै संगीतको महत्व बुझाउन कार्यक्रम गरिएको उहाँले बताउनुभयो । संगीत दिवसको अवसरमा बुटवल क्षेत्रका कलाकारहरुको समेत सहभागिता रहेनेछ । विश्वमा संगीत साधकहरुलाई सम्मान हुने गरेपनि नेपालमा भने अहिलेसम्म हुन
नसकेको बागेश्वरीका राजेश विश्वकर्माले बताउनुभयो ।

मंगलबार बुटवलमा हुने संगीत बिशेष कार्यक्रममा सञ्चारकर्मी विष्णु जी पाण्डे माईलाबालाई सम्मान गर्ने कार्यक्रम रहेको छ