अमान, ७ असार । सिरियाको सीमा क्षेत्रमा रहेको शरणार्थी शिविरको बाहिरी इलाकामा मङ्गलबार भएको एक कारबम आक्रमणमा परी छ जोर्डनी सैनिक मारिनुको साथै अन्य १४ घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः३० बजे रुक्बान जिल्लामा रहेको शरणार्थी शिविरमा विपरित दिशामा भएको यस कारबम आक्रमणमा परी छ सैनिक मारिनुको साथै अन्य १४ घाइते भएका सेनाद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
कारबाहीको क्रममा सेनाले आतङ्ककारीहरुको कैयौँ सवारी साधन ध्वस्त गरेको बताइएको छ ।
सिरिया र जोर्डनको सीमा क्षेत्रमा रहेको दशौँ हजार सिरियाली शरणार्थी आश्रित शरणार्थीस्थल नजिकै सो आक्रमण भएको जनाइएको छ ।
जोर्डनका अनुसार सिरियामा गत पाँच बर्षसम्म जारी रहेको द्वन्द्वको कारण १४ लाख सिरियाली जोर्डनमा शरण लिइरहेका छन् ।
तर संयुक्त राष्ट्रका अनुसार भने जोर्डनमा दर्ता भएका शरणार्थी ६ लाख ३० हजार रहेका छन् । त्यो संख्यालाई आधिकारीक मान्न नसकिने अधिकारीहरुको दाबी छ ।
जोर्डनले सन् २०१४ देखि सिरियामा आइएस विरुद्ध हवाई आक्रमण गर्दै आएका छन् । यस क्रममा कैयौँको ज्यान गइसकेको पनि विगतमा आउने समाचार बताउने गरिएको थियो । रासस ÷एएफपी