कम्बोडियामा चिनियाँ पर्यटक बढे

397

कम्बोडियामा चिनियाँ पर्यटक बढे

न्होमपेन्ह, ७ असार । कम्बोडियाले सन् २०१६ को पहिलो चार महिनाभित्र करिब २ लाख ७५ हजार चिनियाँ पर्यटकलार्य स्वागत गरेको समाचार छ ।

गत बर्षको यही समयको अवधीको तुलनामा यो सङ्ख्या १३ प्रतिशतले बृद्धि भएको कम्बोडियाको पर्यटक मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

पछिल्लो समयमा कम्बोडिया जाने पर्यटकमा चिनियाँ बढी जाने गरेको अधिकारीहरुले समाचारमा जनाएका छन् ।

यस एसियाली राष्ट्रमा सन् २०१६ को जनवरीदेखि अप्रिल महिनासम्म पगेका सम्पूर्ण विदेशी पर्यटकमध्येमा १६ प्रतिशत चिनियाँ पर्यटकको आगमन भएको बताइएको छ ।

चीन र कम्बोडियाबीचको कूटनीतिक एवम् अन्य सम्बन्ध अत्यन्त उत्कृष्ट हुनु पनि चिनियाँ पर्यटक बढ्नुको कारण एक कारण भएको बताइएको छ ।

त्यसैगरी चीन र कम्बोडिया भ्रमणका लागि कैयौँ प्रत्यक्ष हवाई उडानहरु हुनु पनि अर्को कारण रहेको जनाइएको छ ।

चिनियाँ नागरिकको प्रतिव्यक्ति आय धेरै हुनु र समूद्रपारका देशहरु भ्रमण गर्नसक्ने क्षमता भएको हुनाले पनि कम्बोडियाको पर्यटनको स्रोत चीन भएको हुनसक्ने बताइन्छ ।

कम्बोडियाले सन् २०२० सम्ममा २० लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राखेको बताइएको छ । त्यस बमोजिम नै चीनले पर्यटकीय क्षेत्रका पूर्वाधार र संरचनाको निर्माण गरिरहेका छन् । रासस÷सिन्ह्वा