पूर्वहवल्दार हतियारसहित पक्राउ

537

पूर्वहवल्दार हतियारसहित पक्राउ

काठमाडौँ, ७ असार । हतियारसहित नेपाली सेनाका पूर्वहवल्दार रणबहादुर ढकाल पक्राउ परेका छन् ।
हतियार बोकेर मोटरसाइकलमा हिँडिरहेका अवस्थामा गोरखा हर्मीका ढकाललाई आज सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले बालाजु नयाँ पुलबाट पक्राउ गरेको हो । अभियुक्त ढकालसँग एक थान बन्दुक र पाँच थान गोली रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टका प्रहरी नायब उपरीक्षक चोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
ढकाललाई म्याद थपका लागि अदालत पठाइएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । रासस