कपिलवस्तु, ७ असार । आज बिहान चट्याङका लागेर एक किसानको मृत्यु भएको छ ।
विद्यानगर गाविस– ७ बकौलीका ५५ वर्षीय गस मोहम्मद मुसलमानको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बिहान खेतमा काम गरिरहेका बेला चट्याङ परी शरीर जलेर घाइते भएका उनलाई उपचारका लागि कृष्णनगर लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो ।
यसैगरी चट्याङकै कारण जिल्लाको रामनगर गाविस– ७ मोतीपुरमा एउटा भैँसी जलेर मरेको छ । स्थानीयवासी अवतारी यादवको करिब रु ५० हजार पर्ने भैँसी मरेको प्रहरीले जनाएको छ ।