प्रहरीकै योग्यता नक्कली

238

प्रहरीकै  योग्यता नक्कली

काठमाडौँ, ७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज आरोपपत्र दायर गरेको हो ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यरत प्रहरी हबल्दार बस्नेतविरुद्ध कानुनबमोजिमको सजाय माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।