खेती गर्दा व्यवसायिक कृषि प्रणाली अपनाउनुपर्ने

755

खेती  गर्दा व्यवसायिक कृषि प्रणाली अपनाउनुपर्ने

मिना पौडेल
देवदह, असार ।  किसानहरुले खेति गर्दा व्यवसायिक कृषि प्रणाली अपनाउनुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले किसानहरुले पाउने सेवा सुविधाप्रति राज्यले विभेद गरेको दुखेसो व्यक्त गरेका थिए ।

साना किसान कृषि सहकारी संस्था देवदहको आयोजना र मातृभुमि कृषि सामाग्री उद्योग चितवनको प्राविधिक सहयोगमा भएको माटो परीक्षण तथा रसायनिक एवं विषादी न्युनिकरण सम्बिन्ध १ दिने अभिमुखीकरण तालिममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । उनीहरुले राज्यले परिश्रमी किसान पहिचान गरी तह निर्धारण गर्नुपर्ने बताएका थिए । कार्यक्रममा कृषि सेवा केन्द्र देवदहका प्रमुख रामनारायण चौधरीले माटोमा भएको अम्लिय र क्षारियपना पत्ता लगाउनको लागि माटो परीक्षण गर्नुपर्ने बताउनुभयो ।

साथै उहाले त्यसको न्युनिकरणका लागि अम्लिय माटोमा चुन र क्षारिय माटोमा जिप्सन प्रयोग गर्ने बताउनुभयो । प्रमुख चौधरीले राज्यले कृषि क्रान्तिको कुरा गरिहदा अब प्रत्येक किसानले कृषि क्रान्तिको लागि विषादी रहित उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाले विषादीयुक्त खानाले जीबन प्रणालीमा नकारात्मक असर गर्ने भएकाले रासायनिक मलको प्रयोगमा जोड दिन नहुने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष टिका न्यौपानेले पशुपालन किसानहरुलाई बिभिन्न प्रकारका तालिमको आवश्यकता महशुस गर्दै यस्तो प्रकारको तालिम दिइएको बताउनुभयो ।

साथै उहाले आगामी दिनमा पनि तरकाली खेति र पशुपालन गर्ने किसानहरुलाई लक्षित गरी तालिमहरु संचालन गर्ने बताउनुभयो । कार्यक्रममा मातृभुमि कृषि सामाग्री उद्योग चितवनका बजार प्रमुख यदुराज वाग्ललेले बालीनालीमा लाग्ने किरा, माटो परीक्षण र बिभिन्न विषादीहरुको बारेमा तालिमको माध्यमबाट सहजीकरण गर्नुभएको थियो । साना किसान कृषि सहकारी देवदहका अध्यक्ष टिका न्यौपानेको अध्यक्षता र कृषि सेवा केन्द्र देवदहका प्रमुख रामनारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका उपाध्यक्ष डण्डापानी भट्टराईको स्वागत र प्रबन्धक निर्देशक सरला सुवेदिको संचालनमा भएको कार्यक्रममा किसानहरुका तर्फबाट जगन्नाथ अधिकारी र रुक्मा चौधरीले आ–आफ्ना भनाई राख्नुभएको थियो । तालिममा करिब ६० जना किसानहरुको सहभागिता रहेको थियो ।