छोरीका लागि व्युटीसियन व्यवसाय : खांण

191

छोरीका लागि व्युटीसियन व्यवसाय : खांण

khaddबुटवल, असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले स्वास्थ्यसंग सुन्दरतालाई पनि प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । मानिसले अन्तिम अवस्थामा स्वास्थ्य र सौन्दर्यलाई कहिलै प्राथमिकता नदिने परम्परालाई अवको पुस्ताले परिवर्तन ल्याउनु पर्ने बताउनु भयो ।
नेपाल ब्युटीसियस संघ तिलोत्तमा नगरको दोस्रो स्थापना दिवशका अवसरमा मंगलबार मणिग्राममा आयोजित कार्यक्रममा पुर्वमन्त्रि समेत रहनु भएका नेता खाणले छोरालाई मदिरा पसल सञ्चालन गर्न लगानी गर्ने अभिभावकले छोरीका लागि व्युटीसियन व्यवसायमा पनि लगानी सक्नुपर्ने बताउनु भयो ।
नगरसभापति धनमाया रानाको सभापतित्वमा भएको कार्यक्रममा काग्रेसका महासमिति सदस्य यम बहादुर खत्री, प्रेम नारायण खरेल, जिल्ला सदस्य हरि तिवारी,नगर सभापति हरीलाल पाण्डे, महिला नेतृ गंगा शाही, नेपाल ब्युटीसियन संघका रुपन्देही अध्यक्ष रेणु कर्माचार्य, सचिव अनिता खत्री, कोषाध्यक्ष केशरी पाण्डे, नगर सचिव अञ्जना केसी, अनिता बराल लगायतले बोल्नु भएको थियो ।