राममणिमा उत्प्रेरणामूलक कार्यक्रम

357

राममणिमा उत्प्रेरणामूलक कार्यक्रम

बुटवल, असार । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा मङ्गलबार दुई छुट्टाछुट्टै उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएका छन् ।
क्याम्पसका सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा स्थानीय शुभेच्छुकका लागि डा. चिन्तामणि योगीले उत्प्रेरणामूलक प्रशिक्षण दिनुभयो । क्याम्पस प्रमुख मोहनराज शर्माको अध्यक्षतामा आयोजित सो प्रशिक्षणमा डा. योगीले मानवको कर्म र धर्म साथसाथै रहेको भन्दै असल कर्म नै वास्तविक धर्म भएकोमा जोड दिनुभयो ।
त्यसैगरी, विद्यार्थीका लागि सञ्चालित उत्प्रेरणामूलक कार्यक्रम एवम् छात्राहरूका लागि सञ्चालित सदाचार कार्यक्रममा डा. योगीले युवावस्थाको सदुपयोग नै सर्वोत्तम जीवन–दर्शन भएकोमा जोड दिनुभयो ।
मुक्तिनाथ गैह«ेको सञ्चालनमा भएका दुवै कार्यक्रम पश्चात् बोल्दै सहभागीहरूले जीवनको सदुपयोग तथा उत्पादनशीलतामा थप काम गर्न प्रशिक्षणबाट हौसला मिलेको बताएका थिए ।
सो अवसरमा फर्साटिकर यज्ञोदय दुधनाथ थारू क्याम्पसका क्याम्पस प्रमुख खगुपति न्यौपाने, गीर्वाण उच्च मा.वि. मणिग्रामका प्राचार्य यज्ञपुरूष गैह«े, राममणि बहुमुखी क्याम्पसका उप–प्राध्यापक आनन्दप्रसाद पाण्डेय त्यस्तै विद्यार्थीहरू पार्वती थारू, लक्ष्मण भुर्तेल लगायतले बोल्नुभएको थियो ।