महाधिवेशनमा राजनीतिक दस्तावेजमाथि छलफल

1.3K

महाधिवेशनमा राजनीतिक दस्तावेजमाथि छलफल

नवलपरासी, ७ असार । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा०को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको बन्दसत्रमा दिनभर प्रतिनिधिले संशोधित विधान मस्यौदा,पार्टीको नीति तथा कार्यक्रम र राजनीतिक दस्तावेजका बारेमा आ– आफ्नो सुझाव राखेका छन् ।

बन्दसत्रमा ल्याइएको राजनीतिक दस्तावेजमा मधेसको माग पुरा गर्न आन्दोलन एक मात्र विकल्प रहेको उल्लेख छ ।
पार्टीका केन्द्रीय सदस्य विकेशकुमार मिश्राले दस्तावेजमा तराईमा दुई प्रदेशका साथै मधेसमा देखिएको समस्या संविधान संशोधनमार्फत गर्न शीर्ष तीन दललाई जिम्मवारी दिने उल्लेख भएको बताउनु भयो ।

बुधबार बिहानदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ । यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिदैछ । महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् ।