काठमाडौँ, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शव ल्याउन विमान चार्टर गरिएको छ । सोमबार बिहानै मारिएका शव सहित घाइते र इच्छुक अन्य नेपालीलाई ल्याउनको लागि सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान पठाएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरी शर्माका अनुसार आज बिहान साढे ३ बजे काबुलको लागि एयरबस पठाइसकिएको छ ।
शर्माका अनुसार शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ । उनले भने, ुहामीले साढे ११ बजे जहाज अवतरण गर्ने सेड्युल बनाएका छौं । तर अहिलेसम्म उता ९काबुल० बाट केही खबर आएको छैन ।ु
उक्त विमानमा त्यहाँबाट घर फर्कन चाहने नेपालीलाई समेत ल्याउने सरकारको निर्णय छ। सरकारले नेपालीको शव ल्याउन तीन फरक–फरक फ्लाइट कनेक्ट गर्नुपर्ने भएपछि चार्टर विमान पठाएको हो।
परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा प्रवक्ता भरतराज पौड्यालले घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन
पहल भइरहेको बताए। ‘जतिसक्दो छिटो शवहरूलाई नेपाल ल्याएर आफन्तजनको जिम्मा लगाउने कोसिसमा छौं,’ पौड्यालले भने।
पौड्यालले सरकारले नागरिकको सुरक्षा र सुविधाका लागि कुनै कसुर बाँकी नराख्ने भन्दै यस्तो निर्णय लिएको जानकारी दिए। क्यानडाको दूतावास सुरक्षाका लागि बसमा जाँदै गर्दा सोमबार बिहान तालिवानी आतंकवादीले बम विस्फोट गराएका थिए।
उक्त घटनामा १२ नेपाली र नेपाली मूलका २ भारतीय नागरिकको मृत्यु भएको थियो। घाइते सातमध्ये दुई जनालाई उपचारका लागि मंगलबार भारतको अपोलो अस्पताल ल्याउने भनिएकोमा विमानको प्राविधिक उडानमा समस्या देखिएपछि उनीहरू काबुलमै उपचाररत छन्।
यस अघि हिजो
सरकारको निर्देशनअनुसार कावा राजदूत मङ्गलबार बिहानै अफगानिस्तानका लागि पहिलो उडानबाट त्यहाँ पुगेर त्यहाँको कम्पनी, अफगान सरकारी प्रतिनिधिसँग भेटघाट तथा अस्पताल पुगेर घाइतेसँग भेट गरेका थिए । । मृतकको शव नेपाल ल्याउने र घाइतेको उपचारका लागि आवश्यक तयारी गर्न मन्त्रालयमा उपप्रधान एव्म परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गृह, पर्यटन, श्रम मन्त्रालय तथा नेपाली सेना, नेपाल प्रहरी, नागरिक उड्डयन प्रधिकरण, नेपाल वायुसेवा निगमका उच्च पदाधिकारी सम्मिलित बैठक बसेको थियो ।
घाइतेको उपचार नयाँ दिल्लीमा
प्रवक्ता पौडेलले अफगानिस्तान घटनाका घाइते कृष्णबहादुर देउजा र मानबहादुर थापालाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको जानकारी गराए । नेपाली कामदार कार्यरत कम्पनीको बिमाअनुसार अन्य तीन घाइतेलाई पनि नयाँ दिल्ली लैजाने तयारी भइरहेको बताउँदै प्रवक्ता पौडेलले घाइते च्याङवा तामाङको अवस्था अन्य घाइतेको भन्दा गम्भीर भएकाले कम्पनीले चिकित्सकको सल्लाहपछि मात्र नयाँ दिल्ली लैजाने जनाएको बताए ।
प्रवक्ता पौडेलले अवैधानिक रुपमा अफगानिस्तान कामदार पठाउने संस्था र व्यक्तिलाई आवश्यक कारवाहीका लागि सरकार गम्भीर रहेको र त्यसका लागि यो उद्धार प्रक्रिया सम्पन्न भएपछि सरोकारवाला निकायसँग छलफल गरेर प्रक्रिया अघि बढाइने बताउनुभयो ।