बुटवल, ७ असार । बुटवलको श्रेष्ट टेलरिङ्का सञ्चालक जिवलाल दर्जीले बिमा दावी गरेको रकम नपाएको भन्दै बीमा समिति काठमाण्डौमा मुद्दा दर्ता गर्नुभएको छ ।
गत २०७१ चैत १२ गते बुटवलको नेपालगञ्ज रोडमा रहेको उहाँले सञ्चालन गरेको श्रेष्ट टेलरिङ्मा आगलागि भएपछि आफूले ईन्स्योरेन्स गरेको प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीमा बिमा दावी गरेको र आफूले गरेको बिमाको रकम नपाएको भन्दै उहाँले बिमा समितिमा प्रुडेन्सियल बिरुद्ध मुद्धा दायर गर्नुभएको हो ।
उहाँले आफ्नो पसलको २०६७ सालमा २० लाख रुपैंयाको अग्नी बिमा गर्नुभएका दर्जीले बिमा रकम बढाएर २०७१ को मंसिरमा ९० लाख पु¥याएको बताउनु हुन्छ ।
बिद्युत प्राधिकरण र प्रहरीको अनुसन्धानबाट पनि बिद्युत सट भएर आगलागी भएको पुष्टि भईसक्दा पनि बिमा रकम दिन आलटाल गर्दै समय गुजारेर आफूलाई आफूलाई अनावश्यक दुःख दिएको बताउँदै आगलागी भएर पसलमा रहेका सबै सामान जलेकाले मागेका सबै कागजात बुझाउन नसकेको बताउँदै आफूलाई न्याय दिलाईदिन माग गर्दै बिमा समितिमा मुद्धा हाल्नु भएको हो ।