स्थापना दिवसमा प्रचा वितरण

1.3K

स्थापना दिवसमा प्रचा वितरण

बुटवल, ७ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी अंचल कमिटीले आफ्नो ३८ औँ स्थापना दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार मंगलवार बुटवलको पुष्पलाल पार्कमा जनचेतनामुलक प्रचा बितरण कार्यक्रम गरेको छ । दिउसो ३ बजे देखि ५ बजे सम्म प्रचा वितरण गरिएको संगठनले जनाएको छ । यसैगरी आषाढ ८ गते बुधवार बिहान ८ बजे देखि ११ बजे सम्म संगठनको सभाहलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने आषाढ ९ गते बिहान ११ बजे शुभकामना,सम्मान तथा समापन कार्यक्रम गरिने संगठनले जनाएको छ ।
संगठनका केन्द्रीय सदस्य तथा अंचल ईन्चार्ज राजेन्द्रनाथ रिजालको आतिथ्यता र अञ्चल अध्यक्ष कृष्णप्रसाद कंडेलको अध्यक्षतामा पुष्पलाल पार्कमा भएको पर्चा वितरण कार्यक्रममा अञ्चल कोषाध्यक्ष मुक्ति प्रसाद भट्टराई, सदस्य तथा बुटवल–भैरहवा रुट ईन्चार्ज प्रकाश बस्याल, बुटवल–नारायणगढ रुट ईन्चार्ज प्रशुराम चौधरी, अञ्चल युवा अध्यक्ष जितेन्द्रमणि तुलाधर लगायतले मजदुरका समस्या र अधिकारका विषयमा आ आफ्ना भनाई राख्नु भएको थियो । २०३६ साल आषाढ ९ गते अग्रज मजदुर नेताहरुको उपस्थितिमा सुनसरी जिल्लाको पानीपिया भन्ने स्थानमा संगठनको स्थापना गरिएको दिनलाई संगठनले स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।