ड्रिम भिजन स्कुद्दारा एस.एल.सि उर्त्तिण विद्यार्थीहरुलाई सम्मान

687

ड्रिम भिजन स्कुद्दारा एस.एल.सि उर्त्तिण विद्यार्थीहरुलाई सम्मान

राम भण्डारी असार ८ रुपन्देही । farsa
रुपन्देहीको सौफर्साटिकरमा रहेको ड्रिम भिजन स्कुलले प्रवेशिका परीक्षामा उत्तीर्ण विद्यार्थीहरु एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । विद्यालय परीसरमा बुधबार विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सो विद्यालयबाट एसएलसीमा २८ जना विद्यार्थी सहभागि भएका थिए । ती मध्ये १० जना ए प्लस, १० जना ए, ६ जना बी प्लस, १ जना बी र १ जनाले सी ग्रेड ल्याएका थिए । सो कार्यक्रमममा विद्यालयका निर्देशक चुडामणि डुम्रे, प्रिन्सिपल रुपा डुम्रे, शिक्षिका जयन्ती थापा, अविभावक ऋषि पाठक, विद्यार्थीहरु समिर खराल, विक्रम नेपाल, सिद्धान्त आचार्य, सृष्टि खनाल, राधा गैरे, सुसान्त आचार्य लगायतले बोल्नुभएको थियो । यस्तै स्कुलले विद्यार्थी र अविभावकका लािग दुई दिने जीवन रुपान्तरणका लागि सकारात्मक सोच विषयको तालिम प्रदान गरेको छ । मंगलबार विद्यार्थी र बुधबार अविभावकले तालिम लिएका हुन । स्कुलले कक्षा ६-८ का २०५ जना विद्यार्थीका लागि जीवन परिवर्तन सम्बन्धित तालिम २०७३-०३-०७ गते र अभिभावकका लागि १ दिने अभिभावकत्व कला सम्बन्धी तालिम आज मिती २०७३-०३-०८ गते बिद्यालयको हलमा २२० जनाको उपस्थिती मा प्रसिक्षक बि के शर्मा को शहजिकरणमा भब्य र सब्यरुपमा सम्पन्न तालिममा २ सय २० जनाको सहभागिता रहेको विद्यालयले जनाएको छ ।