भारतमा चट्याङबाट ८० को मृत्यु

311

भारतमा चट्याङबाट ८० को मृत्यु

नयाँ दिल्ली, ८ असार । भारतमा गत दुई दिनयता भारी बर्षापछि परेको चट्याङमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु भएको एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन् ।

यस चट्याङबाट गत सोमबार यता पूर्वी राज्य विहार, झारखण्ड र उत्तरी राज्य उत्तर प्रदेशका व्यक्तिहरुले ज्यान गुमाएका जनाइएको छ ।

यस प्राकृतिक प्रकोपमा परी बिहारमा ५३, झारखण्डमा १० र उत्तर प्रदेशमा १७ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

चट्याङ् परी यसरी मारिनेमा प्रायः खेतमा कामगर्ने कृषकहरु रहेका अधिकारहरुले जानकारी दिएका छन् ।

भारतमा प्रत्येक बर्ष जुनदेखि सेप्टेम्बरसम्म पर्ने मनसुनी बर्षाको मौसममा बारम्बार चट्याङ पर्ने गरेको पाइन्छ । यस चट्याङ्मा प्रत्येक बर्ष दर्जनौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । रासस÷सिन्ह्वा