पाल्पा, ८ असार । ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ १३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७३ रामपुरमा मनाइने भएको छ ।
धानखेतीमा किसानलाई आकर्षित गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले यस वर्ष असार १५ गते भव्यरुपमा धान दिवस तथा रोपाइँ महोत्सव २०७३ मनाउने भएको छ । धान उत्पादनका लागि जिल्लाको पकेटक्षेत्र मानिएको रामपुरको तल्लो वडवान क्षेत्रमा भव्य रुपमा धान दिवस मनाइने भएको हो ।
आधुनिक प्रविधिबाट धान रोप्ने तरिका किसानलाई सिकाउन पावर टिलरबाट धान रोप्ने तयारी भइरहेको कृषि सेवा केन्द्र रामपुरका प्रमुख नवराज घिमिरेले बताउनुभयो । महोत्सवमा करिब एक हजार भन्दा बढी किसानको सहभागिता रहने बताइएको छ ।