आईएमएफद्वारा अमेरिकामा देखिएको उच्च गरिबी, असमानताबारे चासो व्यक्त

1.3K

आईएमएफद्वारा अमेरिकामा देखिएको उच्च गरिबी, असमानताबारे चासो व्यक्त

अमेरिका, ८ असार । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले बुधबार पछिल्लो समय अमेरिकामा देखिएको गरिबी र असमानताबारे चासो व्यक्त गर्दै यी दुवै कुराले अमेरिकी अर्थतन्त्रमा समस्या ल्याउने चेतावनी दिएको छ ।

यस वर्ष २.४ प्रतिशतको आर्थिक वृद्धि हुने बताएको आईएमएफले यसलाई कम गरी २.२ प्रतिशत आर्थिक वृद्धि हुनसक्ने सम्भावनालाई प्रक्षेपण गरेको हो ।

अमेरिकामा देखिएको ऊर्जा उद्योगमा आएको कमी, आन्तरिक उपभोक्ताको खर्च गर्ने बानी र विश्वव्यापी आर्थिक क्रियाकलापलाई गरिबी र असमानता बढ्नुका प्रमुख कारक भनेको छ । रासस÷एएफपी