फ्रान्स, ८ असार । फ्रेन्च युनियनले श्रम कानुन सुधारका विषयलाई लिएर आन्दोलनरत् विद्यार्थी तथा श्रमिक र उनीहरुका सहयोगीले फ्रान्समा बिहीबार गर्ने प्रदर्शन कार्यक्रमलाई विना रोकतोक अगाडि बढाउन दिने भनी बुधबार निर्णय लिएको छ ।
विद्यार्थाी सङ्घ, सङ्गठन र श्रमिक युनियनको फ्रान्सका गृहमन्त्रीसँगको लामो कुराकानीपछि आन्दोलनलाई शान्तिपूर्ण अगाडि बढाउन दिने निष्कर्षमा पुगिएको वामपन्थी दल समर्थक युनियनका फिलिप मार्टिनजले बताउनुभयो ।
तर प्रदर्शन गर्ने बाटो भने सरकारले तोकेको हुनुपर्ने बताइएको छ ।
गृहमन्त्रीको वार्तापछि श्रमिक तथा विद्यार्थीको प्रदर्शन गर्न पाउने अधिकारअनुसार बिहीबार शान्तिपूर्ण प्रदर्शन गरिने मार्टिनेजले बताउनुभयो ।
उहाँले यसलाई श्रमिकको प्रजातान्त्रिक आन्दोलनकोे विजयको संज्ञा दिनुभएको छ ।
यसअघि फ्रान्सको सरकारले मुलुकमा युरोकप २०१६ सञ्चालन भइरहेको र खेलको सिलसिलामा विभिन्न आतङ्कवादी गतिविधि हुनसक्ने विभिन्न युरोपेली मुलुकले देखाएको भयलमई कारण देखाउँदै बिहीबार गरिने भनिएको मार्चमा रोक लगाउनसक्ने बताएको थियो ।
सरकारले आन्दोलनरत पक्षलाई स्थिर किसिमको प्रदर्शन गर्दा यसलाई नियन्त्रणमा राख्न सजिलो हुने भन्दै युनियनलाई सोही किसिमको आन्दोलन गर्न सुझाव दिए पनि आन्दोलनरत सात युनियन र विद्यार्थी समूहले यसप्रति सहमत भएका थिएनन् ।
तर सरकारको पछिल्लो छोटो (१.६ किलोमटिर) दूरीमा प्रदर्शन गर्न दिन सरकार सहमत भएपछि श्रम कानुन सुधारका लागि आन्दोलनरत पक्षले पेरिसमा गर्ने बिहीबारको प्रदर्शन गर्ने भएका हुन् । रासस÷एएफपी