काठमाडौं, ८ असार । सोमबार बिहानै अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमणमा घाइते भएका च्याङ्बा तामाङको मृत्यु भएको छ ।
तामाङको मृत्यु पछि काबुल आक्रमणमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । यस अघि सोमबार १२ जना नेपाली र दुई जना नेपाली भाषी भारतीयको आक्रमणमा मृत्यु भएको थियो । तामाङको उपचारको क्रममा बुधबार ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गएको सोमबारको आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँच जनालाई उपचारका लागि भारत लगिएको छ । एक जनाको भने काबुलमा नै उपचार भइरहेको छ ।
यस्तै आक्रमणमा ज्यान गएका १२ जनाको शव बुधबार काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको छ ।