सुकीको थाइल्याण्ड भ्रमण रद्द

474

सुकीको थाइल्याण्ड भ्रमण रद्द

बैंकक, ९ असार । म्यानमारकी विदेशमन्त्री एव्म राष्ट्रिय सल्लाहकार आङ सान सुकीको थाइल्याण्ड भ्रमण रद्द भएको छ । उहाँले आगामी शनिबार थाइल्याण्डको भ्रमण गर्न लाग्नुभएको थियो ।

उहाँ विशेषत थाइल्याण्डमा रहेका म्यानमारका शरणार्थी नागरिक बसिरहेको शरणार्थी शिविरको भ्रमणका लागि जान लाग्नुभएको थियो ।

उहाँको सो भ्रमण रद्द भएको बताइएको छ । थाई सरकारले सो जानकारी बिहीबार गराएको हो । विदेशमन्त्री सुकीले यही शनिबार थाइल्याण्डको भ्रमण गर्न लाग्नुभएमा हालका लागि स्थगित भएको जानकारी थाइ सरकारले पठाएको हो ।

म्यानमारका छ हजार भन्दा बढी नागरिकलाई थाई सरकारले दशकौँदेखि शरणार्थीका रुपमा बस्न दिएको छ ।
पश्चिम थाइल्याण्डमा रहेको सो शरणार्थी शिविरमा उहाँले भ्रमण गर्न लाग्नुभएको थियो । सो योजना बिहीबार अकस्मात आएर असफल भएको जनाइएको छ ।

थाई सरकारले ती शरणार्थीलाई अस्थायी प्रकृतिको आश्रय दिइरहेको छ । थाइल्याण्डको पश्चिमी थाम हिन शरणार्थी शिविरमा पुगी त्यहाँ रहेका म्यानमाली शरणार्थीहरुसँग भेट गर्ने कार्यक्रम रहेको थियो ।

बिहीबार उहाँको भ्रमण रद्द भएको जानकारी थाई सरकारले गराएको समाचारमा जनाइएको छ । यसपछि उहाँको भ्रमण कहिले हुने भन्ने बारेमा केही बताइएको छैन । रासस÷सिन्ह्वा