मोगादिसु, ११ असार । सोमालियाको राजधानी ममोगदिसुस्थित एक होटलमा ‘भीषण विष्फोट’ भएको एएफपीका फोटो पत्रकारले शनिबार बताएका छन् ।
विष्फोटपछि होटलभित्र मेसिनगनद्वारा गोली हानिएका आवाज आइरहेका भए पनि होटलभित्रको अवस्था कस्तो रहेको छ भन्ने विषयमा जानकारी पाउन नसकेको पत्रकार अब्दिहाफिद मुडेले बताउनुभयो ।
सुरक्षाकर्मीले होटलमा आक्रमण भइरहेको बताउँदै यसबारे विस्तृत जानकारी भने दिन नमानेका उहाँले बताउनुभयो ।
स्थानीय समयअनुसार शनिबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा विष्फोट भएको थियो ।
यो आक्रमण अलकायदा आबद्ध सवाव समूहले मोगदिसुको एक होटलमा निरन्तर १२ घन्टा नियन्त्रणमा लिई १० जनाको हत्या गरेको तीन हप्तापछि भएको हो । रासस÷ एएफपी