युवाहरुलाई अपिल

195

युवाहरुलाई अपिल

केप टाउन, १२ असार । दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले देशका युवाहरुलाई शान्त र संयमित रहन आग्रह गर्नुभएको छ ।

उहाँले देशको समग्र युवा जगतलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो । राष्ट्रपति जुमाले देशको युवा बर्ग भनेको देशमा अशान्तिको अवस्था आएमा पनि यसका विरुद्धमा लागि देशमा शान्ति स्थापनाको लागि भूमिका निर्वाह गर्ने सशक्त बर्ग हो भन्नु भएको छ ।

दक्षिण अफ्रिकाको पूर्वी भूभागमा रहेको किङ्गस पार्क स्टेडियममा आइतबार युवाहरुका ¥यालीको समापनका अवसरमा मन्तव्य राख्दै उहाँले युवा बर्गलाई संवेदनशील बन्न पनि आग्रह गर्नुृ भएको छ ।

सो ¥यालीको आयोजना दक्षिण अफ्रिकाको अफ्रिकन नेशनल कंग्रेस युथ लिगले गरेको हो । दक्षिण अफ्रिकामा युवाहरुको छाता संगठनको रुपमा रहेको सो युथ सङगठनलाई राष्ट्रपति जुमाले देशमा शान्तिको स्थापना गर्न तथा हिंसात्मक प्रकृति र प्रवृत्तिका प्रदर्शनहरु नगर्न आग्रह गर्नुभएको हो ।

जातिवाद र रङ्गभेदका विरुद्धमा लडी समाजमा न्याय र नैतिकताको स्थापनाका लागि युवाहरुले संघर्ष गर्नुपर्ने भन्दै यसैबाट नै उनीहरुबीचमा क्षमता अभिबृद्धि हुने धारणा राख्नुभयो ।

शान्ति र स्थायित्व नै देश विकासका प्रमुख आधारहरु हुन् भन्दै यसरी गरिने विकासका माध्यमबाट देशमा विभिन्न जाती र बर्गका बीचमा सद्भाव कायम हुने पनि उहाँले बताउनुभयो ।

देशका विभिन्न भूभागमा पछिल्लो समयमा विभिन्न राजनीतिक एवम् हिंसात्मक प्रदर्शनहरु भएका थिए । यस प्रदर्शनका विरुद्धमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

त्यस अवसरमा उहाँले युवाहरुलाई यस्ता हिंसात्मक प्रदर्शनमा नलाग्न पनि आग्रह गर्नुभयो । उहाँले शान्तिका लागि सबैको ध्यानाकर्षण पनि गराउनुभयो ।

उहाँले कुनै पनि प्रकारका हिंसात्मक प्रदर्शनहरु गरी देशको सम्पत्ति नष्ट गर्न र विध्वंस नगर्न युवाहरुलाई आग्रह गर्दै भन्नुभयो, तपाईहरुका साथमा आफ्ना मागहरु राख्नका लागि बिभिन्न खालका नयाँ एवम् महत्वपूर्ण माध्यमहरु छन् भने किन यस्तो हिंसाको बाटो अङगालने ?

युवा बर्गको आशा र भरोसामा देश रहेकोले आगामी पुस्तालाई कस्तो बनाउने भन्ने विषयमा पनि सचेत र सजग हुन उहाँले देशका सबै युवा बर्गका नाममा अपिल गर्नुभएको केप टाउनबाट प्राप्त समाचारमा जनाइएको छ । रासस÷ सिन्ह्वा