आक्रमणमा तालिवान आतङ्ककारी मारिए

591

आक्रमणमा तालिवान आतङ्ककारी मारिए

अफगानिस्तान, १२ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा शनिबार रातभरी भएको अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा १६ तालिवान आतङ्ककारी मारिएका छन् ।

सेनाद्वारा आइतबार प्रकाशित एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । सो आक्रमणमा परी तालिवानको वरिष्ठ नेता मुल्लाह जानात गुलसहित तालिवानको १६ जना सदस्य मारिएका उक्त विज्ञप्तिमा जनाइएको छ ।

चाहार दारा जिल्लाको क्युआस टिपा सडकमा गुसिडरहेको दुई वटा सवारी साधनलाई लक्ष्यगरी नेटोआवद्ध अन्तर्राष्ट्रिय सुरक्षाबलद्वारा यस ड्रोन आक्रमण गरिएको सेनाद्वारा प्रकाशन सो विज्ञप्तिमा उल्लेख भएको समाचारमा बताइएको छ ।

अफगानिस्तानमा गत अप्रिलबाट तालिवान आक्रमणकारी समूहले भीषण आक्रमण घोषणा गरेयतादेखि नै आतङ्ककारीविरुद्ध नेटो आवद्ध सैनिकले ड्रोन आक्रमणलाई बढाएको छ ।

गत शनिबार राति गरिएको यस ड्रोन आक्रमणको तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा