पूर्वराष्ट्रपतिको घरधनीले भाडा बुझे

576

पूर्वराष्ट्रपतिको घरधनीले भाडा बुझे

काठमाडौँ, १२ असार । पूर्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भंैसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ ।

धरधनी हरिभक्त विष्टले आजै राष्ट्रपति कार्यालय शीतलनिवासबाट २०७२ कात्तिकदेखि २०७३ असार महिनासम्मको घरभाडा बुझ्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सहायक प्रवक्ता धु्रवप्रसाद अचार्यका अनुसार घरभाडाका लागि कर कट्टीबाहेक रु १२ लाख ३९ हजार ४०० को चेक तयार भइसकेको तर सम्झौताको प्रक्रियागत कार्य बाँकी भएकाले घरधनी विष्टबाट सम्झौतामा हस्ताक्षर भए पनि रकम भुक्तानी गरिनेछ ं।